४ पुस ०७८, वीरगञ्ज । नेपालकै एक मात्र वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ।
यस प्रणाली प्रयोग गरी प्रयोगकर्ताले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणमा आबद्ध भइ आफ्नो बैंक खाताबाट सीधै विद्युतीय रुपमा भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरिएको हो।
यसको प्रयोगबाट व्यवसायीले तथा भन्सार एजेन्टले राजस्व दाखिलाको लागि नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका समस्याबाट मुक्त हुनेछ। यो प्रणालीबाट इन्टरनेट सेवा पहुँच भएका कुनै पनि स्थानबाट सहजै राजस्व भुक्तानी गर्न सक्नेछन्। भन्सार विभागले आगामी माघ महिनाभित्रै सबै भन्सार कार्यालयमा यो प्रणाली कार्यान्वयन गर्ने गरी कार्य अघि बढाइएको बताइएको छ।
पर्सामा चार वटा प्रहरी चौकीको नयाँ भवन निर्माण भएको छ। प्रदेश २ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एक करोड ४५ लाख ३२ हजार ५५८ को लगानीमा पर्साका चार वटा प्रहरी चौकीको भवन निर्माण भएको हो। यसरी निर्माण भएका प्रहरी चौकी भवनमा महादेपटी, पाणेपुर, सुर्वणपुर र सबैठवा रहेका छन्।
रासस
प्रतिक्रिया