२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वदलीय बैठक विना निष्कर्ष टुंगियो




४ पुस ०७८, काठमाडौं । सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको हो ।

बेलुकी चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो धारणा राखेको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसिसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले पनि संशोधन विना एमसिसी अगाडि बढाउन नसकिने धारणा राखेका थिए। जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका थिए । सर्वदलीय बैठक नेकपा एमालेले भने बहिष्कार गरेको छ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।