९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका निशा देशारलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने




५ पुष ०७८, काठमाडौं । नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई २०७७ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा गरिएको छ ।
निशा देशारलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७७ प्रदान गरिने भएको छ ।
नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा योगदान पुया¥उने संगीतकमीहरूलाई २०७७ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।
यो पुरस्कार देशारसँगै शिव परियार,सन्तोष श्रेष्ठ र अरुण तिवारी,अर्जुन पोखरेल, सिन्धु मल्ल, अजर जंगम र डिपी दाहाललाई प्रदान गरिदैछ ।
नातिकाजी श्रेष्ठको ९७ औँ जन्मजयन्तीका अवसरमा राजधानीमा शनिबार आयोजित सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा गरिएको हो । नातिकाजी स्मृति समाजको पुष २ गते बसेको बैठकले सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको समाजले जनाएको छ ।
समाजका अध्यक्ष शम्भूजीत बासकोटाका अनुसार, नुपूर बनर्जी भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान–२०७७ प्रदान गरिने भएको छ । यस्तै, नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७७ बीबी थापा (रचना), नारायण दाश कार्की ढली (वाद्यवादन), शिला पन्त (रचना), सीताराम पोख्रेल (गायन), प्रदिप उपाध्याय (ध्वनी इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय सङ्गीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (सङ्गीत), शितल कादम्बिनी (रचना) र शहदेव ढुङ्गाना (रचना) लाई प्रदान गरिने भएको छ ।
अमृतहिरा तुलाधर योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, एलिस कार्की ढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार, कृष्ण कँडेललाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र विजयरत्न तुलाधर र दिवाकर मैनालीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : १३ बजे