७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक




५ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मङ्सिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सोमबार सार्वजनिक भएको छ ।
मतपरिणामअनुसार डा डिला सङ्ग्रौला (पन्त) २ हजार ८ सय ८५, पुष्पा भुसाल २ हजार ७ सय १८, डा आरजु राणा देउवा २ हजार ५ सय ३६, अम्बिका बस्नेत २ हजार ३ सय ३९, ईश्वरी न्यौपाने २ हजार २ सय ५९ मतका साथ निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सरिता प्रसाईं २ हजार० सय ९६, रमा कोइराला पौडेल १ हजार ८ सय ५८, शुसीला ढकाल आचार्य १,८ सय ४ तथा रङ्गमती शाही १ हजार ७ सय ८९ मत प्राप्त गरी निर्वाचित भएको समितिका सचिव केशव रिजालले जानकारी दिए । पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थियो ।
महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्यलगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ११ : १५ बजे