५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


ओमिक्रोनबाट बेलायतमा १२ जनाको मृत्यु




एजेन्सी
६ पुस ०७८, लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् । अहिले ओमिक्रोनबाट संक्रमित १ सय ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानाकारी दिए ।
पछिल्लो समयमा बेलायतमा ठूलो संख्यामा दैनिक संक्रमित भेटिएका छन् । बेलायतमा यो साता दैनिक ९० हजारसम्म दैनिक संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।
विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन अहिले विश्वका ८९ देशहरुमा फैलिएको छ । नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमाभन्दा कयौं गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ४५ बजे