२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


न्युजिल्यान्डमा कोभिडको फाइजर खोप लगाएका व्यक्तिको मृत्यु



एजेन्सी । न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ । खोपपछि उनलाई ह्रदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।

२६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो । पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो । उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ।

खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । खोप लगाएपछि उनी त्रसित देखिएका थिए । यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।