२४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवेकशील साझा पार्टीद्वारा संयोजक पाण्डेलाई निष्कासन




६ पुस ०७८, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक पत्र पठाउँदै पाण्डेलाई ​पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका छन्।

अध्यक्ष मिश्रले यसअघि मंसिर २८ गतेको केन्द्रीय सम्पादन समितिको बैठकको निर्णयानुसार सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाएका छन्।

ुविवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण गरिएको विदितै छु, पत्रमा भनिएको छ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।