५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दिल्लीमा ओमिक्रोनको डर, क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक




एजेन्सी
७ पुस ०७८, काठमाडौं । भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो ।
दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका १२५ नयाँ संक्रमित थपिएका छन् । अहिले ६२४ सक्रिय संक्रमित रहेका छन् ।
केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए ।
अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन् ।
अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २९ बजे