२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रञ्जु दर्शनाद्वारा पार्टी परित्यागको घोषणा



८ पुस ०७८, काठमाडौं । नेता रञ्जु दर्शनाले विवकेशील साझा पार्टी परित्यागको घोषणा गरेकी छन्।
बिहीबार बिहान ‘विवेकशील साझा पार्टीभन्दा माथि देश’ शीर्षकमा वक्तव्य जारी गर्दै रञ्जु दर्शनाले यो पार्टी छाडेको घोषणा गरेकी हुन्।

‘म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ, जुन मैले सफा गर्ने कोसिस पनि गरें, तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें’, रञ्जुले भनेकी छन्, ‘तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।’

विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी अलग भएको जानकारी उनले दिएकी छन्।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।