७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकाद्वारा थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप अनुदान




८ पुस ०७८, काठमाडौं । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप आइपुगेको छ । कतार एयरवेजबाट सो खोप शुक्रबार काठमाडौं ल्याइएको हो ।

उक्त खोप अमेरिकी सरकारले कोभिड-१९ खोप कोभ्याक्स सुविधानअन्तर्गत नेपाललाई उपलब्ध गराएको हो ।

विद्यालय जाने १२ देखि १७ वर्ष उमेर समूहकालाई यो खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने तयारी गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  २ : १८ बजे