२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु हुँदै




१० पुस ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौं आइसकेका छन् ।
प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा परिवर्तन गरिएको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुनेछ ।
माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न अहिले ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
महाधिवेशनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १ सय ४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।