१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेललाई ए’ डिभिजन लिग फुटबलमा आज खेल सुधार गर्ने मौका



फाइल तस्विर

१२ पुस ०७८, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौं चरणको अन्तिम दिन एक मात्रै खेल आयोजना हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १ बजे हुने खेलमा रेलिगेशन जोनमा रहेको जावलाखेल युथ क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
जारी लिगमा उत्कृष्ट सुरुआत गरेको सातदोबाटो जावलाखेलविरुद्ध हाबी हुने अनुमान गर्न सकिन्छ । तुलनात्मक रुपमा प्रदर्शन गर्न नसकेको जावलाखेललाई सातदोबाटोविरुद्ध अंक खोस्ने मौकासमेत रहेको छ । लिगमा अन्य टोलीको तुलानामा पोष्ट आक्रमण बढि गरेपनि जावलाखेलले फिनिसिङ भने गर्न सकेको छैन ।
सातदोबाटो ५ खेलमा ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । जावलाखेललाई हराएर चौंथो स्थानमा उक्लने अवसर सातदोबाटोलाई छ । जावलाखेल ५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
उसलाई समेत सातदोबाटोलाई हराए नवौैं स्थानमा उक्लने अवसर छ । यदि गोलअन्तर बढाए सातौं स्थानसम्म पुग्न सक्छ ।

जारी लिगमा मछिन्द्र शीर्षस्थानमा छ भने एपीएफ र च्यासल युथ क्लब रेलिगेशन जोनमा छन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ८ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।