२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादीको बन्द सत्र सुरु, सात सदस्यीय अध्यक्ष मण्डल गठन




१२ पुस ०७८, काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो ।
बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।

 

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १२ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।