१३ पुस ०७८, काठमाडौं । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धका कारण देशमा गणतन्त्र स्थापित भएको छ । लामो व्यवस्थामा बदलाव आएको छ । राजनीतिक प्रणाली फेरिएको छ । मानिसका सोच र चाहना चलायमान भएका छन् । यद्यपी राजनीतिक क्रान्तिसँगै आर्थिक विकासले गति लिन नसक्दा अवस्थामा खासै परिवर्तन आएको छैन ।
जनयुद्धका क्रममा १७ हजार बढी नागरिकको ज्यान गयो । हजारौँ नागरिक घाइते भए । एक हजार ५ सय बढी नागरिक बेपत्ता भए । राजनीतिक रूपमा परिवर्तन भए पनि शहिद, बेपत्ता र अपाङ्गता भएका नागरिक र तीनका परिवारले परिवर्तनको अनुभूति ढुङ्गसँग महसुश गर्न पाएका छैनन् । मानिसमा एक प्रकारको निराशा पनि सँगसँगै छ । यो सँगै अझै आश मेरेको छैन किनकी ‘सास रहेसम्म आश रहन्छ’ भन्ने विषय मानवीय स्वभाव हो ।
नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा शरु भएको छ । महाधिवेशनमा एक हजार ७ सय बढी प्रतिनिधि सहभागी छन् । राजनीतिक क्रान्तिमा श्रेष्ठता हासिल गरेको माओवादीले यस महाधिवेशनबाट थप प्रष्ट विचारसहित आफूलाई स्थापित गर्ने बताइरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अढाई घण्टा लगाएर राजनीतिक प्रतिवेदन पेश गर्नुभयो । माओवादीका प्रतिनिधि तथा पर्यवेक्षक अध्यक्ष प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने क्रममा छन् । महाधिवेशनमा विभिन्न वर्ग, क्षेत्र र समुदायका प्रतिनिधिको उपस्थिती छ । उनीहरूमा अझै पनि विश्वास छ, माओवादी बौरिएर आउँछ र २०६४ सालको जस्तै स्पातिलो बन्छ । जनताको विश्वास र भरोसा पनि उस्तै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई माओवादीले स्थापित गरेको छ ।
माओवादीको महाधिवेशनमा सहभागी हुन आउनु भएका रुकुम पश्चिमका वृक्ष उकेरा क्षेत्री ‘साकार’ आफैँ जनयुद्धको एक योद्धा हुनुहुन्छ । पूर्व जनमुक्ति सेनामा काम गर्नुभएका क्षेत्री युद्धको क्रममा घाइतेसमेत हुनुभयो । उहाँलाई लागेको छ, माओवादी छिट्टै पूर्ववत् अवस्थामा फर्कनेछ । उहाँले शहिद परिवार, घाइते योद्धाको निम्ति पार्टी फुट्नु अत्यन्त दुखद् भएको बताउछन् । उनी भन्छन्, “मेरो आग्रह छ माओवादीहरू मिल्नुपर्छ । अध्यक्ष प्रचण्डको नेतृत्वमा फेरी पूर्व माओवादीहरू एकीकृत हुनुपर्छ ।”
विसं २०६४ को संविधानसभा निर्वाचनमा माओवादी पहिलो पार्टी भएको थियो । अबको निर्वाचनमा पनि माओवादी पहिलो पार्टीको रूपमा आउनुपर्छ भन्ने उनलाई लागेको छ । विसं २०५५ देखि माओवादी पार्टीमा आबद्द हुनुभएका श्रेत्री २०५७ सालमा जनमुक्ति सेनामा प्रवेश गर्नुभएको थियो । जनयुद्धका क्रममा पाल्पा आक्रमणमा घाइते भइपछि दायाँ खुट्टा गुमाउनु परेको थियो ।
उनले कुराकानी का क्रममा भने, “जनताले हेर्दा सबै पार्टीको विधि, विधान, एजेण्डा, भाषण, सिद्दान्त राम्रै लाग्छ तर व्यवहारमा लागू कुन पार्टीले ग¥यो त भन्ने विषय मुख्य हो । व्यवहारमा हेर्दा सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीको एजेण्डा हो भन्नेमा जनता प्रस्ट छन् ।”
उनको विचारमा दलित, महिला, जनजाति, मधेशीलगायत उत्पीडित समुदायको पार्टी भनेकै माओवादी पार्टी हो । यो पार्टीको विगतमा केही कमिकमजोरी भए पनि त्यसलाई सच्याउँदै फेरी आफ्ना मुद्दालाई लिएर जनता सामु जानुपर्ने उनको सुझाव छ । पार्टीको महाधिवेशनले अझै शसक्त नीति बनाएर जनतामा जाने उनको विश्वास छ ।
उनलाई लाग्छ दश वर्षे जनयुद्ध माओवादीले जितेको पनि होइन र हारेको पनि थिएन । अब फेरी जनयुद्ध वा द्वन्द्व गर्न सम्भव पनि छैन । शान्ति प्रक्रिया एउटा सम्झौता मात्रै भएको हो । माओवादी शान्ति प्रक्रियामा आएको धेरै भएको छैन । राज्य संरचनामा माओवादी भर्खरै आएको हुँदा सबै पार्टीसँग सहकार्य जानुको विकल्प थिएन । उनलाई जनयुद्धप्रति कुनै पश्चाताप छैन बरु गर्वको बोध छ । “हामी व्यक्ति वरिवर्तनको लागि लडेको होइन, साम्यवादका लागि लडेको हो । सिङ्गो देशको प्रणाली परिवर्तनका लागि लडेका हौँ, त्यसैले धैर्य गर्नुपर्छ परिवर्तन भएको हन्छ, हुन्छ ।”
सुदूरपश्चित प्रदेश पञ्चदेवल विनायक नगरपालिका ४ कालिका महाधिवेशन प्रतिनिधि, रामबहादुर विक पनि माओवादी पूर्ववत् अवस्थामा फर्कनेमा ढुक्क छन् । उनी भन्छन्, “माओवादीसँग एजेण्डा छ ।” माओवादीको एजेण्डालाई अरुहरूले खोस्न खोजेर यो नखोसिने उनको भनाइ छ ।
नेपालको राजीनतिक परिवर्तन र यो व्यवस्था ल्याउका लागि माओवादी आन्दोलनको ठूलो त्याग, तपस्या र सङ्घर्ष रहेको स्मरण गर्दैे आफूहरूले उठाएका एजेण्डा अहिले राज्यमा स्थापित भएका प्रसन्नता व्यक्त गरे ।
राजनीतिक एजेण्डालाई त्यसलाई संस्थागत गर्नका लागि माओवादी पुसन आफ्नो धरातलमा फर्कनुपर्ने उनको भनाइ छ । “पार्टी जनताको बीचमा जानुपर्छ । जनतालाई एकताबद्ध गर्नुपर्छ र फेरी जनतालाई राज्य सत्ताको मूलप्रवाहमा जोड्नका लागि माओवादी पार्टीले त्यही प्रकारको नीति बनाउनुपर्छ”, उनले भने ।
नामले परिवर्तन भयो तर जनताको जीवनमा परिवर्तन भएको छैन जनताको जीवन शैलीमा परिवर्तन गर्नका लागि माओवादीले एक पटक फेरी पहल गर्नुपर्ने उनको भनाइ छ । “यो देशका उत्पीडित जाती, महिला, दलित, जनजाति, उत्पीडित क्षेत्रका मानिसलाई फेरी राज्यको मूल प्रवाहमा जोड्नका लागि माओवादी पार्टीले फेरी एक पटक अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ”, उनले भने ।
माओवादीबाट छुट्टिएर अर्को पार्टी खोल्ने नेताहरूलाई तपाई के भन्छन् ? भन्ने प्रश्नको जवाफमा उनको टिप्पणी छ, “राजनीतिक पार्टीमा यो प्रवृत्ति स्वाभाविक हो । केही मान्छेहरू व्यक्तिगत स्वार्थ प्राप्तिका लागि मूल पार्टी छोडेर दायाँबायाँ गरी नै राखेका हुन्छन् ।”
उनको विचारमा प्रतिगमनकारी गतिविधिमा लागेका मान्छे र समूहसँग जानु आफैमा मिल्दो कुरा थिएन । उनले भने, “केपी ओली शर्माको पार्टीमा गएका मान्छेहरूले केही पद वा कुर्ची प्राप्त गर्नका लागि गएका हुन् । त्यसले त्यति ठूलो अर्थ राख्दैन । अवसरवादीहरू जाने आउने भइ नै रहन्छ । माओवादी पार्टी झन बलियो भएर जनताको बीचमा गएको छ ।”
महाधिवेशनमा सहभागीहरूका समान धारणा छन्, माओवादी पुनः बौरिएर आउँछ । उनहरूका भनाइ छ, “हामी त्यो विश्वासका साथ अगाडि बढेका छौँ, किनकी हामीले एजेण्डा छाडेका छैनौँ । जनतालाई विश्वास छ, माओवादी अझै भरोसायोग्य शक्ति हो भन्नेमा ।”
प्रतिक्रिया