७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा एस र जनवादीबीच पार्टी एकता




१३ पुस ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता भएको छ । मंगलबार काठमाडौँमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता भएको हो।

राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् ।

एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो । माधव नेपालले त्यसपछि क्रान्तिकारी कम्युनिस्टबीच एकताको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : १४ बजे