१४ पुस ०७८, काठमाडौं । चन्द्रागिरीमा भारी हिमपात भएको छ । चन्द्रागिरी हिल्सका अनुसार बुधबार विहानदेखि यहाँ हिमपात भएको हो । हिउ परेपछि चन्द्रगिरी पहाउ सेताम्मे देखिएको छ ।
हिमपात भएको खबर सार्वजनिक भएसँगै चन्द्रगिरी केवुलकारमा विस्तारै भीड बढ्न थालेको छ ।
राजधानीका उच्च स्थानमा हिउ परेपछि यहाँ हिउ खेल्न भीड लाग्ने गर्छ ।
राजधानीकै अग्लो पहाड फुल्चोकीमा समेत हिउ परेको खबर छ ।
क्ेही दिनदेखि मौसम बदली भएपछि मौसम विज्ञान विभागले चिसोबाट बच्न बुलेटिन प्रकाशन गरेर परामर्स तथा चेतावनी जारी गरेको थियो ।
साथै देशभरका अन्य उच्च पहाडमा पनि अहिले हिउ परिरहेको खबर छ ।
प्रतिक्रिया