२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भेरी अस्पतालको क्‍वार्टरमा एकै परिवारका ४ जनाको मृत्यु, तीन जना बेहोस




१५ पुस ०७८, काठमाडौं । भेरी अस्पताल नेपालगन्जको क्वार्टरमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । उक्त क्वार्टरमा बस्दै आएका २३ वर्षीय धर्मप्रसाद भट्टराईसहित उनको परिवारका ४ जना बिहीबार बिहान मृत फेला परेका हुन् । तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ति मगरका अनुसार चिसोबाट बच्‍न भट्टराई परिवारले क्वार्टरमा कोइला बालेर आगो तापेका थिए ।आगोको धुँवाले निसास्सिएर भेरी अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत भट्टराई, उनका ३ महिनाको छोरा इप्सन भट्टराई, सासु ४३ वर्षीया कोकिला भटटराई, धर्मप्रसादकी जेठानी दिदी नाता पर्ने कोली भट्टराईको मृत्यु भएको हो ।

बेहोस अवस्थामा रहेका नरेन्द्रप्रसाद भट्टराईसहित अन्य ३ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।