८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवल : च्यासलसँग रोकियो संकटा



फाइल तस्विर

१७ पुस ०७८, काठमाडौं । च्यासल यूथ क्लबसँग अंक बाँडेपछि संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

पाँचौँ मिनेटमा मैदानको दायाँ भागबाट फोडे फोफनाको पासमा उत्तम राईको हेडर च्यासलका डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट बचाउँदा संकटा अग्रता दिनबाट चुकेको थियो ।

१०औं मिनेटमा संकटाले पुनः अग्रता लिने अवसर पायो तर त्यसको सदुपयोग भने गर्न सकेन । उत्तम राईको प्रहार च्यासलका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बलमा अनमार्क रहेका फोडे फफोनाको प्रहार बारमा लाग्दै फर्कियो ।

१९औं मिनेटमा रुमेश बर्तौलाको पासमा विकास मेराग्लियाको प्रहार बाहिरिँदा च्यासल निराश बनेको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा संकटाका नीरज बस्नेतको फ्रिककमा जोर्डन जुनियरले मिलाइदिएको पासमा उत्तमको प्रहार बाहिरिएको थियो

५८औं मिनेटमा संकटाका अमित तामाङको फ्रिकिक त्च्यासलका गोलकिपर प्रदीप भण्डारीले विफल पारे । ६३औं मिनेटमा सन्तोष साहुखलको पासमा राजीव लोप्चनको प्रहार संकटाका गोलरक्षक राजुबाबु थापाले उत्कृष्ट बचाउ गर्दा च्यासल निराश बनेको थियो ।

७४औं मिनेटमा टिकाराज गुरुङको पासमा वान भर्सेज वानमा नीरज बस्नेतको प्रहार च्यसालका रक्षक अभिषेकले गोललाइनबाट क्लियर गरे ।

संकटा सात खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथि जित हात पारेको भए संकटा दोस्रो स्थानमा उक्लिने थियो ।

मनाङ सात खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ । च्यासल भने सात खेलमा ५ अंकसहित १३औं स्थानमा छ ।

आज नै भएको पहिलो खेलमा थ्री स्टारले जावलाखेल यूथलाई २–१ ले पराजित ग¥यो भने दोस्रो खेलमा मनाङले बीबीसीलाई १–० ले पराजित ग¥यो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : १३ बजे