१६ पुस ०७८, काठमाडौं । गुण एयरलाइन्सले आगामी आजबाट काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित हवाई उडान गर्ने भएको छ ।
काठमाडौंबाट गुण एयरलाइन्सले अहिले भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा उडान गरिरहेको छ ।
पछिल्लो समय गुण एअरलाइन्ससँग कुल ७ वटा विमान छन् । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले यात्रुलाई सुरक्षित र भरपर्दो हवाई सेवा प्रदान गर्दै गन्तव्य विस्तारलाई प्राथमिकता दिइएको बताए । यो काठमाडौंबाट एअरलाइन्सकोे ९ औं गन्तव्य हो ।
१८ पुस २०७८, आइतबार
0
Shares
प्रतिक्रिया