
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा चयन हुनेहरूको नाम वाचन गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : रत्न श्रेष्ठ/रासस
१८ पुस ०७८, काठमाडौं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय ३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २ सय ३६ जनाको नाम प्रस्ताव गरेका हुन् । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।
सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गरेको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।







प्रतिक्रिया