८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विद्युत प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता




१९ पुस ०७८, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल एयरलाइन्स (एनएसी) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
सोमबार भएको यससम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५–१० प्रतिशत छुट पाउनेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए ।
सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे ।
एनएसीका क्याप्टेन विजय लामाले कुलमानबाट प्रभावित भएको भन्दै निगम सुधारका लागि समेत साथ दिन आग्रह गरे ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ३२ बजे