७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तागठबन्धनमा सिट बाँडफाँट



१९ पुस ०७८, काठमाडौं ।  सत्ता गठबन्धनले आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डा बाँडफाँड गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका हुन्।

यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरेका हुन्। राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको छ।

‘ज–जसले पहिले जितेका थिए। त्यहाँ ती दलहरुको नै हुने उनले बताइन् । उनका अनुसार थपिएका ८ वटामा बाँडफाँट गरिएको छ।

उनका अनुसार नेपाली कांग्रेसलाई ३, नेकपा माओवादी केन्द्रलाई १, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई १ सिट भागबन्डा गरिएको छ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : ५९ बजे