२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाको अर्को नयाँ भेरिएन्ट देखियो, निकै संक्रामक हुनसक्ने अनुमान




एजेन्सी । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले त्रास फैलाइरहेको बेला फेरि नयाँ भेरियन्ट देखा परेको छ।
ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्।
वैज्ञानिकहरुका अनुसार नयाँ भेरिएन्ट आईएचयूले ४६ पटक रुप फेरिसकेको छ। यो मूल कोभिडको तुलनामा खोप प्रतिरोधी र निकै संक्रामक हुनसक्ने अनुमान गरिएको छ।

आईएचयू भेरिएन्ट फ्रान्सको मारसेलमा भेटिएको हो। त्यहाँ अहिलेसम्म यो भेरिएन्टबाट १२ जना संक्रमित भएका छन्। ती १२ जना अफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए।

हाल आईएचयू कति घातक र संक्रामक हुनेछ भनेबारे स्पष्ट भइसकेको छैन।

हाल फ्रान्समा कोरोनाबाट संक्रमितको हुने संख्याको ह्वात्तै बढेको छ। नयाँ संक्रमितमध्ये पनि ६० प्रतिशत ओमिक्रोनबाट संक्रमित छन्।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।