७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर ३ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि




२० पुस ०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।
सात हजार ७ सय ९४ जनाको पीसीआर तथा एक हजार ५ सय ३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय ६३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ९ सय ३७ पुगेको छ । निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख २९ हजार ६ सय ३२ जनामा तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ३ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८७ हजार ८ सय १८ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३५ हजार ९ सय ५२ पुगेको छ ।
कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय १ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।
हाल देशभर भेन्टिलेटरमा २५ जना तथा आइसियुमा ८८ जना छन् । होमआइसोलेसनमा चार हजार ८ सय ३४, संस्थागत आइसोलेसनमा २ सय ६० तथा क्वारेन्टिनमा ९८ जना रहेका छन् । हाल देशभर ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने २ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ९९, ललितपुरमा ५ सय ९५ र भक्तपुरमा ५ सय १४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : १८ बजे