२१ पुस ०७८, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार १ सय ३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २ सय ५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
२१ पुस २०७८, बुधबार
0
Shares
प्रतिक्रिया