
२२ पुस ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । प्र्रहरीका अनुसा् मोटरसाइकलमा पछाडि सवार आएकी २७ वर्षीया सोफिया श्रेष्ठकोे मृत्यु भएको छ । दुर्घटनाका क्रममा मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालका भने घाइते भएका छन् ।
स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान पौने २ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएर दुर्घटना थियो ।
काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
घाइते भएका मोटरसाइकल चालक ढकालको यसै अस्पतालमा उपचार भइरहेको छ ।








प्रतिक्रिया