२२ पुस ०७८, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ सयले घटेर रु ९२ हजार ३ सय तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ८ सय कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार ३ सय तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय ३ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया