२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेपालमा थप ९६८ जनामा कोरोना संक्रमण



२३ पुस ०७८, काठमाडौँ।  शुक्रबार नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८र८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।