८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेल बराबरीमा रोकियो र एपीएफसँग




२३ पुस ०७८, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा जावालाखेल यूथ क्लब र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा दुवै टोली पाएका अवसर सदुपयोग गर्न सकेनन् र अंक बाढ्न बाध्य भए ।
२०औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेजको पासमा सुनिल खड्काले गरेको प्रहार गोलपोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।
४०औं मिनेटमा अन्गुना जुनियरले बक्सबाहिरबाट गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा एपीएफका मणिकुमार लामाले हानेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरियो ।
४९औं मिनेटमा एपीएफका आशिष लामाको प्रहार जावालाखेलका रक्षकले विफल पारेका थिए ।

६२औं मिनेटमा सुनिल खड्काले उपलब्ध गराएको पासमा अन्गुना जुनियरले गरेको हेडर बाहिरिँदा जावलाखेलले अग्रता लिने अवसरबाट वञ्चित भयो ।
७२औं मिनेटमा जावलाखेलका दिपेन्कराज सिंहले गरेको प्रहार बाहिरियो ।
८५औं मिनेटमा एपीएफका नवीन लामाको कर्नरमा बिक्की तामाङको प्रहार पहिलो बार नजिकबाट बाहिरिएको थियो ।
बराबर पछि जावलाखेल सात खेलमा आठ अंकसहित नवौं स्थानमा छ भने समान खेलमा सात अंक बटुलेको एपीएफ दसौँ स्थानमा छ ।
यसअघि शुक्रबार सम्पन्न खेलमा पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लबले १–१ को बराबरी खेलेका थिए ।
आठौं चरण अन्तर्गत शनिबार तीन खेल हुनेछ । दुई खेल काठमाडौंमा हुँदा एक खेल पोखरामा हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : २१ बजे