७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोभिड संक्रमण




२४ पुस ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड–१९ को संक्रमण भएको छ ।
शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन् ।
प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।
माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए ।
नेता नारायणकाजी श्रेष्ठले पनि कोभिड संक्रमण भएको आजै जानकारी दिइसकेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : १९ बजे