७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए ९४४ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ६ हजार नाघ्यो



२४ पुस ०७८, काठमाडौं । नेपालमा थप ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ।

संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।

तीमध्ये ५ हजार ६ सय ३१ जना होम आइसोलेसनमा छन् भने ५ सय ९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ५ : २० बजे