७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सञ्चारमन्त्री कार्की आइसोलेशनमा 



 

 

२५ पुस ०७८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन्।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी भएका थिए । उनले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ । माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : २८ बजे