७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २ हजार ४४४ जनामा कोरोना संक्रमण




२७ पुस ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा १ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
हाल नेपालमा ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।

यसैगरी काठमाडौं उपत्यकामा ५३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १०९० सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ५ : ४२ बजे