१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरका भित्री सहरमा साझा यातायातको साना विद्युतीय बस चल्ने



२९ पुस ०७८, ललितपुर । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझा यातायातले ललितपुरको भित्री सहरमा साना विद्युतीय बस सञ्चालन गर्ने भएको छ।

यसका लागि साझा यातायातले इको भिजनरी कम्पनीसँग एक करोडभन्दा बढी मूल्यमा ४ वटा बस किन्न ठेक्का सम्झौता पनि गरिसकेको छ। भित्री सहरीबाट मुख्य सहरी क्षेत्रसम्म पुग्न सर्वसाधारण सहज गराउन साना विद्युतीय गाडी सञ्चालनको तयारी गरिएको साझाले जनाएको छ।

हाल भित्री सहर क्षेत्रबाट मुख्य सहरी क्षेत्रमा कममात्रै सार्वजनिक यातायात सञ्चालनमा रहेकोले निजी सवारीसाधन नहुनेलाई आवतजावतमा असहज भइरहेको पस्थितिलाई सहज बनाउन यो कदम चालिएको साझाको भनाइ छ। ललितपुरको मंगलबजार, बंगलामुखीलगायतका क्षेत्रमा विद्युतीय बसले सेवा दिनेछन् । यी बसमा विदेशी पर्यटक र स्थानीय वृद्धवृद्धाले निःशुल्क सेवा पाउने साझाले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।