२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मेडिकल कलेजको शुल्क विवादबारे वार्ता   



३० पुस ०७८, काठमाडौँ । मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका छन् । शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।