७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ३३४७ सहित नेपालमा एकै दिन थपिए ४९६१ कोरोना संक्रमित




२ माघ ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकामा ३३४७ सहित नेपालमा एकै दिन ४९६१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।

यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।
उपत्यकामा थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ५ : २१ बजे