७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झनै बढ्यो कोरोना संक्रमण, एकैदिन ६ हजार ७ सय ३४ संक्रमित थपिए



३ माघ ०७८, काठमाडौं । नेपालमा थप ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।

यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।

यस्तै, काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : १४ बजे