९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना अहिलेसम्मकै उच्च विन्दुमा, एकैदिन १०२५८ जनामा कोरोना संक्रमण



४ माघ ०७८, काठमाडौं । नेपालमा एकैदिन १० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए। मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट ८ हजार ७ सय ३० र एन्टिजेन परीक्षणबाट १५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गरिएको थियो।  देशभर ३९ हजार ४४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो२४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्। यस्तै ५६२ जना संक्रमणबाट मुक्त भएका छन्।

यस्तै, काठमाडौं उपत्यकामा एकै दिन ५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० सहित ५५४९ संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा ५५४९ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४००४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा २४ हजार ५७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७७०९, ललितपुरमा ४४७१ र भक्तपुरमा २३९६ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।