२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरका यात्रु लगाउदैनन मास्क (तस्वीरहरु)




ललितपुर खबर
५ माघ ०७८, लगनखेल । पछिल्लो समय कोरोना महामारीले उग्र रुप लिएको छ । तर ललितपुरका सार्वजनिक बसमा मास्क नलगाई हिड्ने यात्रु प्रशस्त मात्रामा भेटिएका छन् ।
लगनखेलबाट बुङमती,चापागाँउ, लेले, लुभु लामाटार र गोदावरीलगायतका गन्तव्यतर्फ जाने आउने यात्रु मास्क नलगाई हिड्ने गरेका हुन् ।


लगनखेलबाट गोदावरीतर्फ जाने एक बसका सहचालकले यात्रुहरु मास्क लगाउन नमान्ने गरेका बताए । ‘मास्क लगाएर मात्रै बस चढ्नु भन्दा मान्दैनन् । कसले किनेर दिने ?’ उनले उल्टै प्रश्न तेर्साए ।
लेले एटमा बस चलाउने एक चालकले गाँउघरतिर कोरोनाको डर नभएकाले धेरै यात्रु कास्क नलगाई बस चढ्ने गरेको बताउछन् । उनी भन्छन्, ‘गाँउ दाजुभार्इं अशिक्षित छन् । कोरोना भनेको के हो थाहा नै छैन ।’
मास्क नलगाई यात्रु आउदा आफू पनि असु्क्षित रहेको अनुभव सुनाउदै उनले भने, ‘अव आफै मास्क किनेर दिने सोच बनाएको छु ।’


यात्रु घट्दा घाटा
कोरोना बढ्दै जाँदा आफुलाई बस चलाएर घाटा लाग्न थालेको उनले बताए । भने, ‘कोरोना बढेपछि यात्रु छैनन् । तेल हाल्नै पर्यो ।साहुलाई पैसादिनै पर्यो । आफूलाई पैसा बच्दैन ।’

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।