२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित, एकैदिन ११ हजार जनामा कोरोना संक्रमण



५ माघ ०७८,  काठमाडौं । नेपालमा बुधबार थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।
१८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो। यस्तै औषत संक्रमणदर ५२।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : ४५ बजे