७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन १२ हजार बढी कोरोना संक्रमित थपिए



६ माघ ०७८, काठमाडौं । नेपालमा बिहीबार १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २२८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ५७ हजार ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यस्तै ६४९ जना संक्रमणबाट मुक्त भएका छन्।
यसैबीच काठमाडौँ उपत्यकामा थप ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ४२ बजे