९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन १० हजार २५४ जनामा कोरोना संक्रमण, थप १६ को मृत्यु




८ माघ ०७८, काठमाडौं । नेपालमा शनिबार थप १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ छ।

यस्तै ७०८ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको छ।
यस्तै कोरोनाबाट निको हुनेको दर ९०.७ प्रतिशत छ। काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।