३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मनोज गजुरेललाई फेरि कोरोना संक्रमण



१० माघ ०७८, काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई फेरि कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत ओमिक्रोनका कारण होम आईसोलेसन, अस्पताल तथा आईसीयूमा रहेका बिरामीको स्वास्थ्य लाभको कामना गर्दै आफू पनि संक्रमित भएर होम आइसोलेसनमा बसेको जनाएका छन्।

उनले कोरोनाको यो भेरियन्ट पहिलो र दोस्रो जस्तो ज्यानमारा खालको नभएको पनि उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिनेचाहिँ हैन तर थलाचाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केही पनि हुँदैन।’

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  २ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।