९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैदिन १०३१९ मा कोरोना पुष्टि, उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित




१० माघ ०७८, काठमाडौं । आइतबार केहि घटेको कोरोना संक्रमणदर सोमबार भने फेरि बढेको छ । सोमबार देशभर फेरि एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। देशभर १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा २ हजार ५४० जना निको भएका छन्। हाल देशभर ८२ हजार ५५० संक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।