७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी नेता पुन स्वास्थ्योपचारपछि फर्किए




१० माघ ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्कएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरे । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन आज नेपाल फिर्ता भएका हुन् ।
हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलिरहेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।
नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ०७ बजे