४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


हैटीमा गयो शक्तिशाली भूकम्प




एजेन्सी
११ माघ ०७८, पोर्ट अउ प्रिन्स । दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु आइरहेका छन् ।
राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ ।
भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाईते ५० जनाको उद्दार गरिएको छ ।
अगस्टमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए । त्यस्तै सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दाबढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ९ : १८ बजे