७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ६१७२ सहित नेपालमा थप १२ हजार ८ जनामा कोरोना सङ्क्रमण, ८ जनाको मृत्यु



११ माघ ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २५ हजार ९०९ जनाको परिक्षण गर्दा १२ हजार ८ जनामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको पिसिआरबाट ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एण्टिजेन परिक्षणबाट २ हजार ५७३ जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार आज ३ हजार ४० जना निको भएका छन् भने ८ जनाको निधन भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ ।

अहिले देशभरी ८८ हजार ९३४ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६१७२ जना कोरोनामा नयाँ संक्रमित फेला परेका छन्।

यो कुल संक्रमितको आधा भन्दा बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५६ हजार ८ सय ८२ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४१ हजार ६ सय ३३, भक्तपुरमा ५५८१ र ललितपुरमा ९६६८ जना सक्रिय सक्रमित छन्।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : १३ बजे