७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछन् : अध्यक्ष नेपाल   



१२ माघ ०७८, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताएका छन् ।

आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताए । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उनले बताए ।

नेपाली कांग्रेसले छ, नेकपा (माओवादी) केन्द्र पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट रहेको छ । उनले भने, “हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ ।”

आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकै पटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ । एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै रु पाँच अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झण्डै रु २५ अर्ब खर्च हुने उनले बताए ।

स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनको विषयमा बहस भइरहेको उहाँले बताउनुभयो । संविधान सर्वाेपरी राखेर कानुनअनुसार नै चुनाव हुनुपर्नेमा उनको जोड छ । उनले भने, “एकै पटकमा तीन वटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ ।” विद्रोहका चेतकासाथ कम्युनिष्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताए ।

पार्टी जिल्लाहुँदै पालिका र वडा कमिटिसम्म विस्तार भइरहेको उनले बताए। कोरोनाका कारणले अवरोध आइररहे पनि जिल्ला जिल्लामा अरु पार्टी छाडेर प्रवेश गर्नेको अभियान जारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ३२ बजे