१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बैंकिङ कसुरमा बानेश्वर बस्ने ४९ वर्षीय सिंह पक्राउ



१५  माघ ०७८, काठमाडौं । बैंकिङ कसुरमा फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले धनुषा जनकपुरधाम उपमहानगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका(१० बानेश्वर बस्ने ४९ वर्षीय कमलकुमार सिंहलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका–३२ काँडाघारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिंहले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी, बहाना बनाएर साझेदारीमा जग्गा खरिद गर्ने, व्यापार गर्ने भनी झुक्याएर ६० लाख रकम लिएको खुलेको छ।

त्यसरी रकम लिएर पैसा फिर्ता गर्नेक्रममा बैंकमा रकम नभएको खाताको चेक काटेर दिँदा बाउन्स भएको प्रहरीले जनाएको छ। चेक बाउन्स भएपछि पीडितले काठमाडौं परिसरमा पुस ७ गते जाहेरी दिएका थिए।

अनुसन्धानको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न परिसरले शुक्रबार उच्च अदालत पाटनबाट सात दिन हिरासतमा राख्न अनुमति समेत मागेको छ।

यसअघि पनि सिंहले एक व्यक्ति यसैगरी ६१ लाख रुपैयाँ चेक बाउन्स मुद्दामा ठगी गरेका थिए। उनलाई उच्च अदालत पाटनले गत वर्ष पुस १५ मा १५ लाख धरौटी मागेको थियो। तर उनले बुझाउन नसक्दा उनी डिल्लीबजार कारागार चलान भएका थिए।

 

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।