४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना खोपको विरोधमा क्यानडामा प्रदर्शन चर्कियो




एजेन्सी
१७ माघ ०७८, ओटावा । खअमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ ।
प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहीले अनुसन्धान सुरु गरेको छ । रक्षामन्त्री अनिता आनन्दले ती घटना ‘निन्दनीय’ भएको बीबीसीले जनाएको छ । राजधानी सहरमा स्मारक तोडफोड गरेको विषयमा ओटावा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ट्रक चालकहरुले संसद भवन वरपर ट्रक तेर्साएर राखेका छन् । केही प्रदर्शनकारीले रेस्टुरेन्टका कर्मचारीलाई दुव्र्यवहार गरेको जनाएका छन् । कर्मचारीले रेस्टुरेन्टभित्र मास्क लगाउनुपर्ने बताएपछि प्रदर्शनकारीले दुव्र्यवहार गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

ड्राइभरको प्रदर्शन चर्किएपछि शनिबार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्शाउदै गोप्य स्थलतर्फ भागेको थियो ।
क्यानडा सीमा पार गर्ने १ लाख २० हजार ट्रक चालकमध्ये ९० प्रतिशतले खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : ५३ बजे